0 COMMENTS

काठमाडौँ, १८ चैत ०७४/धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अंकले ओरालो लागेको छ ।नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक २४.०५ अंकले ओरालो लागेर एक हजार १९६.२४ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयरको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ५.१९ बिन्दुले ओरालो लागेर २५५.६९ बिन्दुमा पुगेको छ ।आज कूल १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता शेयर रु ३१ करोड २३ लाख ९४ हजार ३७९ मूल्यमा कारोबार भएको स्टकले जानकारी दिएको छ ।

आज सबै उपसूचकको मूल्य ओरालो लागेको छ । बैंकिङ २२.०१, होटल २७.२९, विकास बैंक ३६.१, जलविद्युत् ३७.१४, वित्त ७.१७, बीमा १४८.७७, उत्पादन १५, अन्य ५.६७, माइक्रोफाइनान्स २६.२४ बिन्दुले ओरालो लागेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले श्वेतपत्र सार्वजनिक गर्नुभएपछि बजार बढ्ने आश गरिएको भए पनि बजारले सोअनुसार काम नगरेको सम्बद्ध पक्षको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।