0 COMMENTS

काठमाडौं १८चैत्र०७४/ दुई साताअघि पेस्तोलसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामाको पेस्तोल र घटनास्थलबाट बरामद भएको गोलीको खोका मिलेको छ ।

पेस्तोलको फरेन्सिक रिपोर्टले लामाको साथबाट बरामद भएको चाइनिज पेस्तोल र गोलीको खोका मिलेको देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले पुष्टि गरे ।

यसअघि नै खोका र लामाबाट बरामद भएको बुलेटको साइज र नम्बर पनि एउटै भएको अनुसन्धान अधिकारीले बताएका थिए । आइतबार विधि विज्ञान प्रयोगशालाबाट रिपोर्ट आएपछि सो कुरा पुष्टि भएको छ ।

गत ३० फागुनमा गौशालास्थित होटल पशुपति भिजनमा गोली चले लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले लामालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।

लामाले भने त्यो हतियार आफ्नो नभएको दाबी गर्दै आएका छन् । लामाले प्रारम्भिक बयानदेखि नै आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गर्दै आएका छन् ।

लामा यसअघि काभ्रेको क्षेत्र नंं १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका लागि उम्मेदवार बनका थिए । यद्यपि, उनी नेकपा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित भएका थिए ।उनीविरुद्ध अपरहण, फिरौती र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले पटकपटक मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।