0 COMMENTS

 काठमाण्डाै१८चैत०७४/बाग्मती गाउँपालिका वडा नम्बर ५ ईकुडोल माझखण्डको पोखरीडाँडामा गंगालाल तामाङको घरमा गोली लागेर सुजाता तामाङको ज्यान गएको विषय मिलापत्रमा थामथुम गर्न चलखेल बढेको छ ।

गोली चल्दा गंगालालकी भाउजु ३१ बर्षकी सुजाताको अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यू भएको परिवार स्रोतले बतायो । गोली हान्ने कोञ्ज्योसोम गाउँपालिका २ संखुका १८ बर्षका श्रीजन घिसिङ रहेको खुलेको छ । मृतकको श्रीमानको फपुको छोरा जिस्केर ताक्दा हिंजो साँझ ६ बजे गोली लागेको स्थानियले बताएका छन ।

घटना थामथुम पार्न हिंजै चट्याङ परेर घाईते भएको भनिएको थियो । अहिले महानगरीय प्रहरी बृत्त चापागाउँको टोली घटनास्थल पुगेको बताइएको छ । यो खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

घटनास्थलबाट भरुवा बन्दुक एक थान बरामद गरेको छ भने अभियुक्तलाई नियन्त्रणमा लिएको चापागाउँ वृत्तका प्रमुख डिएसपी रविन्द्र रेग्मीले बताउनुभयो ।

दोषीलाई कार्वाही नहुँदासम्म शव नबुझ्ने पिडित पक्षले बताएका छन । शवलाई हिजै बेलुका पाटन अस्पतालमा पुर्याईएको छ ।

गंगालाल सरसफाई मन्त्री विना मगरकी स्वकिय सचिव हुन । घटना थामथुम पारेर मिलापत्र गर्न गृहमन्त्रीले निर्देशन दिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।