0 COMMENTS

एउटा नयाँ शोधका अनुसार जुन परिवारमा महिलाहरुको संख्या बढी हुने गर्दछ त्यस्तो परिवारमा बढेहुर्केका पुरुष कम सेक्सी हुने गर्दछन् । टेक्सास युनिभर्सिटीका शोधकर्ताहरुले मुसामा गरेको अध्यययनबाट यो निष्कर्ष निकालेका हुन् ।

शोधकर्ताहरुका अनुसार यदि कुनै परिवारमा महिलाको संख्या बढी छ भने त्यस्तो परिवारमा हुर्केका बालकको यौन व्यवहारमा असर पर्दछ। त्यस्ता बालक जब युवा अवस्थामा पुग्दछन् त उनीहरुको ‘बडी ल्याङ्ग्येज र व्यवहारमा पुरुष प्रधान परिवारमा बढेहुर्केका युवकको तुलनामा कम पुरुषार्थ झल्कन्छ । यो शोध रिपोर्ट ‘साइक्लोलजीकल साइन्स’ नामक पत्रिकामा प्रकाशित छ।

यसरी गरियो अध्ययन
बैज्ञानिकहरुले अध्यययनका लागि नवजात मुसालाई तीन समूहमा बाँडे । पहिलो समूहमा नयाँ मुसा, दोस्रोमा माउ मुसा बढी थिए । तेस्रो समूहमा दुवैको संख्या बराबर थियो । बैज्ञानिकहरुले ती मुसाहरुको यौन व्यवहारको अध्ययन गरे । यसपछि यो निष्कर्ष निकालियो कि जुन समूहमा माउ मुसा बढी थिए त्यसमा रहेका मुसा यौनमा बढी समय बिताउँदैन थिए ।

शोधको परिणाम
कुनै पनि परिवारमा सँगसँगै हुर्केका बालक बालिकाको अनुपातमा उनीहरुको यौन व्यवहारमा असर पर्दछ। जसबाट व्यक्तित्व र व्यवहार भलै निर्धारित होस तर प्रारम्भिक जीवनको माहौलले यसलाई अकार दिने गर्दछ।
परिवारमा बढी दिदीबहिनी वा अन्य महिलाहरुका साथ हुर्केका युवकहरुमा यौन चञ्चलता कम देखिए पनि विपरीत लिङ्गीप्रतिको आकर्षण भने कम हुँदैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।