0 COMMENTS

किम्बुको अङ्ग्रेजी नाम व्हाइट मलबेरी हो । यसले ट्युमर , मधुमेह जस्ता रोगहरुलाई निको पार्नुको साथै विभिन्न स्वास्थ्यसम्बन्धि फाईदाहरु पुर्याउँदछ । धेरै बिरुवाहरु रोगलाई निको पार्ने गुण भएपनि औषधिको रुपमा चिनिदैंन । किनकी यसको प्रयोग धेरैजसो अरु औद्योगिक उद्येश्यको लागि मात्र गरिन्छ । यस्तै किसीमको प्रयोग किम्बुको रुखको पनि हुन्छ । किम्बुको रुखको प्रयोग काठ र रेशमको किरालाई खुवाउने फलको रुपमा गरिन्छ । तर किम्बु स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । साथै यसले विभिन्न रोगहरुबाट छुट्कारा दिलाउँछ । जस्तै : मधुमेह, हृदयसम्बन्धि रोगहरु र ट्युमर आदि ।

किम्बुको रुखको काठ लचिलो र धेरै समयसम्म टिक्ने किसीमको हुन्छ । त्यसैले यसको प्रयोग टेनिसको ब्याट , हकी खेल्ने छडि , फर्निचर र डुङ्गा बनाउनको लागि गरिन्छ । किम्बुले मधुमेह , उच्च रक्तचाप, कोलेस्ट्रोलको मात्रा बढि हुनु, चिसो लाग्नु , मांसपेशी र जोर्नी दुख्नु, गठिया , कब्जीयत , रिंगटा लाग्नु , कपाल झर्नु आदि थुप्रै रोगहरुबाट बचाउँदछ ।

किम्बुमा पाईने महत्वपूर्ण पदार्थलाई मधुमेह टाइप २ रोगको उपचारको लागि औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यसले चिनीको मात्रालाई रगतमा सोस्ने प्रक्रियालाई ढिलो गर्दछ । र शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।

किम्बुमा जैविक एसिड , भिटामिन सी , केरोटिन, पेक्टिन , फाईबर , रेजिन जस्ता तत्वहरु पाईन्छ । जस्ले खोकी , ज्वरो , झाडापखाला , टाउको दुखाई , सुन्निनु जस्ता रोगबाट छुट्कारा दिलाउँछ । त्यसैगरी यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ । त्यसैले यसलाई कोलेस्ट्रोललाई कम गर्न र हृदयसम्बन्धि रोगहरु हटाउनको लागि प्रयोग गर्न सकिन्छ ।

अमेरिकाको टेक्सास विश्वविद्यालयमा गरिएको अध्ययनबाट किम्बुमा प्राकृतिक फेनोल रेजभेरेट्रोल पाईने कुरा पत्ता लगाएको छ । जस्ले क्यान्सर, हृदयसम्बन्धि रोगसँग लड्न मद्धत गर्दछ । किम्बु स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । तर यस्को प्रयोग धेरैजसो रगतमा चिनीको मात्रा कम गर्नको लागि मात्र गरिन्छ । हामीलाई स्वास्थ्यसम्बन्धि समस्याहरु धेरैजसो मधुमेह, सुन्निने र मोटोपनबाट हुने गर्दछ । यदि तपाइँले शरीरमा रगतमा बढि भएको चिनीको मात्रालाई कम गर्नको लागि प्राकृतिक उपचारको रुपमा प्रयोग गर्न चाहनु हुन्छ भने, यो एकदम राम्रो उपाय हो ।

किम्बुलाई रगतमा चिनीको मात्रालाई कम गर्ने औषधिको रुपमा प्रयोग गर्न सकिने कुरा खोजअनुसन्धानबाट पत्ता लगाईसकेको छ । र अहिले यसको अनुसन्धान ट्युमरको उपचारको लागि भईरहेको छ । तपाइँले पक्कै पनि किम्बुको रुख , फल देख्नुभएकै होला । यसले स्वास्थ्यसम्बन्धि धेरै फाईदा गर्दछ भन्ने कुरा तपाइले थाहा पाई सक्नु भएको छ । त्यसैले यसको प्रयोग गर्नुहोस् र स्वस्थ रहनुहोस् ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।