0 COMMENTS

काठमाडौं, २८ असोज / यू–१९ विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध शानदार जीत निकालेको छ । नेपालले पपुवा न्यूगिनीविरुद्ध ९ विकेटको फराकिलो जीत निकालेको हो ।
मलेसियाको किनरारा ओभलमा टस जितेर फिल्डिङमा उत्रिएको नेपालले पपुवा न्यूगिनीबाट २८.२ ओभरमा अलआउट भएपछि ४९ रनको झिनो लक्ष्य पाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ९.१ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
नेपालका लागि सुनिल धमलाले ३५ बल खर्चिएर २ चौकासहित २४ रनमा अविजित रहे । यसैगरी योगेन्द्रसिंह कार्कीले १६ बलमा २ चौकासहित १६ रन जोडे । सन्दिप सुनार भने ४ रनमै आउट भए ।

नेपालका लागि सुनिल धमला पपुवा न्यूगिनीको विरुद्ध घातक बलिङ गर्दै १० ओभरमा एक मेडन राख्दै १५ रन खर्चिएर ५ विकेट लिएका थिए भने आरिफ शेखले ७ रन दिएर ३ विकेट लिए । उनले ८.२ ओभर बलिङ गर्दा ४ मेडन राखेका थिए । यसैगरी सुशील कँडेलले ६ ओभरमा १ मेडन राख्दै १२ रन खर्चिएर एक विकेट लिएका थिए ।

जवाफमा नेपालले ९.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टयो । सुनिल धमलाले अविजित २४ र योगेन्द्र सिंह कार्कीले १६ रन बनाए । सन्दिप सुनार ४ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।