0 COMMENTS

“अहिंसा परमाे धर्म ” याे वाणी भगवान गाैतम बुद्धकाे हाे । नेपाल बुद्धकाे जन्मभुमि शान्तिभुमि हाे । हिंसा , हत्या , अातंक , ठगि , लुट , भ्रष्टाचार ,तस्करी , बलात्कार , मानव बेचबिखन लगायतका कार्यहरु अमानवीय निन्दनीय गम्भीर अपराधमा पर्दछन् यि सबै मानव हिंसा हुन् । नेपाल जस्तो शान्ति भुमिमा शान्ति , एकता ,मेलमिलाप , अापसि सद्भाव कायम रहनुपर्ने तर पछिल्लो समय अपराधका घटनामा वृद्धि भईरहेकाे छ ।

मानव अाफ्नाे मानवीय भावना भन्दा बाहिर गएर अपराधी क्रियाकलापमा किन संलग्न भएको छ । माहान साेच भएका मान्छेहरु अाफु मरेर भएपनि अरुलाई बचाउछन् मध्यम साेच भएका मान्छेहरु अाफु बाँचेर अरुलाई बचाउछन् निच र घटिया साेच भएका मान्छेहरु अरुलाई मारेर अाफु बाँच्दछन् । हिजोआज सामाजिक संजालमा एउटा चर्काे बहस चलेको छ गाई काटेर खान पाउनुपर्ने यसकाे बिषयमा विभिन्न ब्यक्ति का विभिन्न प्रतिक्रिया सुन्न र पढ्न पाईयाे एकाथरिले काटेर खान पाउनुपर्ने माग गरे भने अर्कोथरिले बचाउ गरे ।

हिन्दू धर्म मान्नेहरुले गाईको हत्या गर्नु गम्भीर अपराध मान्छन् र अन्य धर्म मान्नेहरुले सामान्य रुपमा लिन्छन् अझ बाैद्ध धर्म मान्नेहरुले त कुनै पनि प्राणीको हत्या गर्नु अपराध मान्छन् हाे चाहे हिन्दू हाेस् चाहे मुस्लिम चाहे ईसाई चाहे बाैद्ध धर्म मान्नेहरु हुन् प्राणी हत्या गम्भीर अपराध हाे हत्या गर्नेहरु अपराधी हुन् । विभिन्न शक्ति पिठहरुमा मठ मन्दिरमा वा कुनै धार्मिक अनुष्ठानमा देविदेवताका नाममा गरिने हत्या अपराध हाे । प्रकृतिको सर्बश्रेष्ठ प्राणी मानव हाे मानिसले सबै प्राणी प्रति दया माया काे भावना राख्नुपर्छ फेरि मान्छे शुद्ध साकाहारि प्राणी हाे मांशाहारि हाेईन । मांशाहारि भाेजन जनावरहरुकाे हाे अब प्रश्न याे छ हामी मानव हाै कि जनावर ? बुद्ध धर्मप्रति अास्था राख्नेहरु हत्याको ” ह ” पनि उच्चरण गर्दैनन् उनिहरुले मानव शान्तिमा जाेड दिन्छन् तर नेपालमा केहि ब्यक्तिहरु बाैद्ध धर्म प्रति अास्था राखेपनि ब्यावहार त्यस्तो देख्न सकिदैन जसले समाजमा शान्ति अहिंसा र मेलमिलापको पाठ सिकाउनुपर्ने उनिहरुनै हिंसा गर्न पाउनुपर्ने बहस चलाउछन् । मुलुक धर्मनिरपेक्ष भएसंगै सबै धर्म मान्ने हरुकाे समान हकहित र अधिकार मा राज्य गम्भीर बन्नुपर्छ एसमा दुई मत छैन तर धर्मनिरपेक्षता काे परिभाषा के ? बहुसंख्यक हिन्दु धर्मावलम्बीले पुजा गर्ने राष्ट्रिय जनावर गाई हत्या गर्न मिल्दैन भन्नेहरु र मुलुकमा धर्म निरपेक्ष हुदा गाई खान पाउनुपर्ने माग राख्नेहरुकाे बिबादले सामाजिक सद्भाव समेत खल्बलिन सक्छ ।

पछिल्लो समय नेपाली माैलिक धर्म संकृति परम्परा रितिरिभाज र समग्र नेपाली माैलिकतामानै बिदेशी प्रभाव बढेको भनेर कतिपयले विश्लेषण गरिरहदा बेला बेलामा समाजमा बिभाजन ल्याउनसक्ने खालका यस्ता बहसमा अरु कसैकाे संलग्नता त छैन भन्ने तर्क गर्दछन् । मुलुक धर्मनिरपेक्षता भएपनि याे कसरी भयो ? किन भयो ? कसका लागि भयाे ? यसकाे उद्देश्य के हाे ? प्रश्न गर्नेहरुकाे पनि जनमत नभएको हाेईन । मुलुकमा संघियता , गणतन्त्र र धर्मनिरपेक्षताकाे बारेमा अाम नागरिकहरुलाई स्पष्ट रुपमा बुझाउन नसकेका कारण पनि याे समस्या पैदा भएको हुनसक्छ । मुलुक नयाँ ब्यावस्थामा प्रवेश गरेको छ सम्पूर्ण नेपालीहरुकाे बहस शान्ति सुसासन र बिकास केन्द्रित हुनुपर्छ नकि यस्ता अनावश्यक समाजमा सद्भाव बिथोल्ने बहस हाेईन ।

अापसि सद्भाव र एकताको बहसकाे सुरुवात गराै । जुनसुकै धर्म मानेपनि हामी नेपाली , जुनसुकै जातका भएपनि हामी नेपाली ,मेचीमहाकाली जाहा रहेपनि हामी नेपाली ,जुनसुकै भाषा बाेलेपनि हामी नेपाली ,जुनसुकै बर्णका भएपनि हामी नेपाली ,जुनसुकै बर्गका भएपनि हामी नेपाली बुद्धकाे देश र सगरमाथाकाे देशका हामी नेपाली निच र घटिया साेच बाट माथि उठाै एकअापसमा भाईचाराकाे भावना निर्माण गराै , एक नेपाल एक नेपाली बनाै हिंसाको बहस हाेईन सम्बृद्ध मुलुककाे बहस चलाउ प्राणी हिंसा अपराध हाे चाहे जाेसुकैले गराेस् सकेसम्म साकाहारि बनाै हिंसा हत्या नगर्नकाे लागि अभियान चलाउ : ” शाकाहारि बनाै समाजमा शान्ति कायम गराै “

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।