0 COMMENTS

मिलन चाम्लिङ,धरान,चैत०७४/  किरात राजाहरु अस्तित्व रहेको हजारौं वर्ष पुरानो ईतिहास बोकेको विजयपुरको अस्तित्व मेट्न नदिने बिजयपुर दरबार संरक्षण समितिले चेतावनी दिएका छन् । विजयपुर दरबार परिसर संरक्षण समितिले धरान नगरपालिकाले खानेपानी ट्याङ्की निर्माणको नाममा विजयपुरको अस्तित्व नै समाप्त पार्न लागेको भन्दै अस्तित्व जोगाउन जस्तोसुकै संघर्ष गर्ने जनाएको छ ।

राष्ट्रिय सम्पदा बिजयपुर दरबार परिसरको संरक्षणका लागि भन्दै सर्घष समितिको आयोजनामा सोमबार पानी ट्याङ्की निर्माण स्थलमा अनसन  बसेका थिए ।सर्घष समितिका सचिव प्रदिप न्योङले बिजयपुर दरबार क्षेत्रमा निर्माण हुन लागेको खानेपानीको ट्याङ्की निर्माण रोक्न जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिए ।

उनले अब आन्दोलनको स्वरुप कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल गर्न समितिको बैठक बसी छलफलमा जुट्ने र पर्सि बुधबार सम्ममा नगरपलिकाले मागहरु सम्बोधन नगरे झन् कडा आन्दोलनका कार्यक्रमहरु गर्ने जानकारी दिए ।हजारौं वर्ष पुरानो इतिहास बोकेको बिजयपुर राज्य, त्यस वरपर रहेका अन्य ऐतिहासिक सम्पदाहरूको खोज अनुसन्धान, प्रचारप्रसार र संरक्षण हुन नसक्दा यहाँको अस्तित्व सङ्कटमा परेको सङ्घर्ष समितिका संयोजक थाम्सुहाङ लावतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।