0 COMMENTS

काठमाडौं, असोज २७ – म्याच फिक्सिङ अर्थात खेलमा मिलेमतो गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार जना खेलाडीलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा एक प्रशिक्षक पनि छन् ।

थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र फुटबल प्रशिक्षक अञ्जन केसीलाई महानगरीय अपराध महाशाखा हनुमान ढोकाको टोलीले पक्रेको हो । उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको प्रहरीको अनुमान छ । पछिल्ला ५–६ वर्षदेखिका खेलमा मिलोमतो गरेको आरोपमा उनीहरुमाथि निगरानी गरिएको प्रहरीले जनाएको छ ।

विश्वकप छनौट अन्तर्गत सन् २०११ मा जोर्डनसँगको खेलमा पनि मिलेमतो गरेको हुन सक्ने प्रहरीको अनुमान छ । जोर्डनको अम्मानमा भएको पहिलो खेलमा नेपाल ९–० ले पराजित भएको थियो भने काठमाडौंमा भएको दोश्रो लेगमा नेपाल १–१ को बराबरीमा रोकिएको थियो । यो खेलमा सागर, विकास, रितेश र सन्दिप चारै जना टोलीमा थिए ।

पक्राउ परेका मध्ये रितेश विभागीय टीम नेपाल पुलिसका गोलकिपर हुन् । विकास मनाङमा तथा थापा र राई थ्री स्टार क्लवमा आवद्ध छन् । केसी थ्री स्टार क्लवका पूर्व प्रशिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।