0 COMMENTS

काठमाडौं १० चैत०७४/ नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृहमन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि थाहा छैन् ।

स्वीकृत दरबन्दी र नेपाल प्रहरीले बुझाएको रेकर्डमा ठूलो अन्तर परेपछि गृहले ती प्रहरी कर्मचारीको खोजी प्रक्रिया सुरु गरेको छ । गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीमा पाँच हजार भन्दा धेरै प्रहरी कर्मचारीको भौतिक रेकर्ड नदेखिएको बताए । ‘ नेपाल प्रहरीमा करिब ७२ हजार प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तलब सुविधा पनि सोहि अनुसार जान्छ । तर, निर्वाचनका बेला प्रहरीले ६७ हजारको मात्रै रेर्कड बुझायो । रेर्कड र दरबन्दी विश्लेषण गर्दा पाँचहजार भन्दा धेरैको फरक देखिन्छ । तलब सुविधा खाने, तर भौतिक रेर्कड नदेखिने ती प्रहरी कर्मचारी कहाँ छन्, हामीले खोजिरहेका छौं’ उनले भने ।
प्रवक्ता सुवेदीले भौतिक रेर्कड नभएका कर्मचारीको सम्पूर्ण तथ्यांक सातदिन भित्र पेस गर्न निर्देहन दिएको बताएका छन् । उनले भने ‘कर्मचारीको रेर्कड सात दिन भित्र पेस गर्न नेपाल प्रहरीलाई भनेका छौं । पत्र मंगलबार नै काटिएको छ । सातदिन भित्र सम्पूर्ण विवरण आउला ।’आजको नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।