0 COMMENTS

रत्ननगर, चितवन, ९ चैत ०७४/ नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित दुई नम्बर पुल नजिकै सुख्खा पहिरो खस्दा आज एक माइक्रोबसका चालकको मृत्यु भएको छ ।

अपराह्न ४ः४० बजेको समयमा माथिबाट सुख्खा पहिरोसँगै खसेको ढुंगाले लागेर काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नं को माइक्रोबसका चालकको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा मकवानपुरको दामन घर भएका माइक्रोबसका चालक दीपक रुम्बा रहेको जनाइएको छ । ढुंगा लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर अस्पतालमा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको ढकालले बताउनुभयो ।

सुख्खा पहिरोसँगै खसेको ढुंगा लागेर माइक्रोबसको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।