0 COMMENTS

मिलन चाम्लिङ,धरान ०९चैत०७४/ धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले विजयपुर सब सिस्टममा खानेपानी टंकी निर्माणप्रति असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । शुक्रबार प्रेस बिज्ञप्ति जारी गर्दै प्रमुख सुब्बाले असन्तुष्ट पक्षलाई शान्तिपुर्ण वार्ताकालागि आह्वान गरेका हो।
शुक्रबार भएको नगरकार्यपालिकाको बैठकपछि विज्ञप्ति जारी गर्दै मेयर सुब्बाले चैत्र ७ गते टंकी निर्माण स्थलमा असन्तुष्ट पक्षले गरेको तोडफोड र सृजना भएको असामान्य अबस्थाप्रति घोर भत्र्सना गर्दै दुःखपनि ब्यक्त गरेका छन् ।

असहमत पक्षबाट छापामार शैलीमा आक्रमण गरी निर्माण उपकरण डोजरतोडफोड गर्नुको साथै त्यहाँ कार्यरत कर्मचारी तथा कामदारहरुलाई धम्की पुर्ण भाषा प्रयोग गर्दै असामान्य स्थिति सृजना गरेको घटनाप्रति वैठकले घोर भत्सर्ना गर्दै दुःख प्रकट गरेको छ । ।’विज्ञप्तिमा भनिएको छ ।ऐतिहासिक पुरातात्विक महत्वको क्षेत्रलाई संरक्षण र विकास गर्ने उपमहानगरपालिकाको सत्प्रयास र चार किरात जातीय संस्थाहरुसंग भएको सहमति बमोजिम पानी टंकी निर्माणको कार्य सूचारु गर्नेपनि बिज्ञप्तिमा उल्लेख छ ।‘त्यसका लागि शान्तिपूर्ण कार्य गर्ने वातावरण सृजना गर्न स्थानीय प्रशासन लगायत सम्पूर्ण सरोकारवाला पक्षसंग आह्वान गरिन्छ’बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।