0 COMMENTS

काठमाडौं ०८चैत०७४/ गृह मन्त्रालयले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत लिँदै आएको सरकारी सुविधा फिर्ता गर्न छानबिन थालेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुनविपरीत प्रयोग गर्दै आएको सुविधा सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएलगत्तै गृहले छानबिन अघि बढाएको हो। कानुनविपरीत बहालवाला तथा सेवा निवृत्त पदाधिकारीले सेवासुविधा प्रयोग गर्दा राज्यलाई बर्सेनि करोडौं रुपैयाँ आर्थिक भार पर्दै आएको छ।

प्रधानमन्त्री ओलीले बुधबार संघीय सरकारका मन्त्रीसहित प्रदेश सरकारका मुख्यमन्त्रीको बैठकमा उक्त निर्देशन दिएका थिए। सातवटै प्रदेशका मुख्यमन्त्री तथा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, कानुन र न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ उपस्थित सो बैठकमा प्रधानमन्त्रीले बहालावाल तथा सेवानिवृत्त पदाधिकारीहरुले कानुनविपरीत सरकारी सेवासुविधा प्रयोग गर्दै आएको भन्दै चिन्ता व्यक्त गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।