0 COMMENTS

कैलाली, ६ चैत ०७४/ बोक्सी आरोपमा निर्घात कुटिएकी कैलालीे घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षीया राधा चौधरीलाई रु ३६ हजार आर्थिक सहयोग उपलब्ध गराएकोे छ ।

धनगढीमा आज पत्रकार सम्मेलन गरी प्रदेशसभा सदस्य चुनकुमारी चौधरीसहित अन्य चार जनाले सो सहयोग रकम उपलब्ध गराएको हो ।

हाल बेलायतमा बस्दै आएका रामप्रसाद राई, अनुराधा राई र सुस्मा राईले प्रदेशसभा सदस्य चौधरीमार्फत सो रकम सहयोगस्वरुप उपलब्ध गराएको जानकारी सो अवसरमा दिइयो ।

बोक्सीको आरोपमा पीडित राधाको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले सो रकम हस्तान्तरण गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य चौधरीले आजदेखि ‘कुरीतिविरुद्ध साझा अभियान’को थालनी भएको समेत जानकारी दिनुभयो ।

सो अवसरमा पीडित चौधरीले गाउँमा बस्ने वातावरण बनाइदिनका लागि सबै पक्षसँग आग्रहसमेत गरिन ।गत फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसकै दिन गाउँकै भोले बाबा भन्ने रामबहादुर चौधरीले दुई महिला सहयोगीको साथ लिई बोक्सी लागेको भन्दै राधालाई निर्घात कुटपिट गरेका थिए ।कुटपिटमा संलग्न हुनेहरुविरुद्ध बोक्सी आरोप कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।