0 COMMENTS

मिलन चाम्लिङ्,धरान ५चैत०७४/  केन्द्रिय प्रबिधि क्याम्पस हात्तिसार धरानद्धारा आयोजित स्ववियु कपको उपाधी न्युट्रिसन तथा डाइटेटिक्स टिमले जितेको छ। डाइटेटिक्स टिमले बि टेक टिमलाई २–१ गोलले पराजित गरेको हो।

डाइटेटिक्स टिमका लागि पहिलो हाफको १८औ मिनेटमा प्रग्यान गुरुङले गोल गरे। उनले बसन्त राइको कर्नर किकलाई जालि चुमाएका हुन्। यसरी नै दोश्रो हाफको १४ औ मिनेटमा डाइटेटिक्स टिमका लेङ्खट ब्याक सकुल राईले अग्रतालाई दोब्बर बनाएका थिए। बि टेकका लागि सान्त्वना गोल पेनल्टी किकमा मनोज राईले गरेका थिए।

केन्द्रिय प्रबिधि क्याम्पसमा डाइटेटिक्स टिमले ७बर्षको इतिहासमा कुनै खेल जित्न सकेको थिएन र यो जित आँफुहरुको लागि अत्यन्तै महत्वपूर्ण रहेको टिम कप्तान बसन्त राईले बताएका छन्।

एक हप्ता अघिदेखि सञ्चालन भएको स्वबियु कपमा पुरुषतर्फ फुटबल सँगै क्रिकेट, बास्केटबल, टेवल टेनिस, चेस, भलिबल खेल सञ्चालन भएको थियो भने महिला तर्फ टेवल टेनिस, चेस, चेकर, ब्याडमिन्टन तथा बास्केटबल खेल सञ्चालन भएका थिए।

महिलातर्फ चेसमा पुजा डाँगी तथा प्रिती लिम्बू क्रमश प्रथम तथा द्वितिय भएका थिए। यसरी नै टेवल टेनिस तर्फ साङगेन राई तथा सदिक्षा भट्टराई, चेकर तर्फ शिरा श्रेष्ठ तथा पुजा डाँगी, ब्याडमिन्टन तर्फ लिना चोङवाङ तथा ममता जिसि क्रमश प्रथम तथा दोश्रो भएका थिए। महिला बास्केटबल तर्फ टिम फिजिक्स तथा टिम माइक्रो क्रमश प्रथम तथा दोश्रो भएका थिए।

यसरीनै पुरुष टेवल टेनिस तर्फ निमेश घिमिरे तथा आयुश रिजाल प्रथम र दोश्रा भएका थिए। पुरुष भलिबल तर्फ टिम फिजिक्स तथा टिम डाइटेटिक्स, क्रिकेट तर्फ पोष्ट ग्राजुएट तथा फिजिक्स, बास्केटबल तर्फ टिम बि टेक तथा टिम फिजिक्स क्रमश प्रथम तथा द्वितिय भएका थिए। प्रथमलाई २ अंक तथा दोश्रोलाइ १ अंक मानेर गरिएको खेलमा जम्मा ९.२अंक ल्याएर टिम फिजिक्स प्रथम भएको छ।

त्रिभुवन बिश्व विद्यालयको देशभरीकै आंगिक क्याम्पसहरु मध्ये उत्कृष्ट ठहरिएको सो क्याम्पसका बिज्ञान तथा प्रबिधि अध्ययन गर्ने बिद्यार्थीको खेलको स्तर बिकास गर्दै अतिरिक्त क्रियाकलापमा समेत सक्रिय गराउन स्ववियु कपको आयोजना गरिएको स्बवियु सभापती सौरभ सन्जेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।