0 COMMENTS

भैरहवा३चैत०७४/ आर्थिक विवादमा मुछिदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ ।

मन्दिर प्रवेशका लागि कोषले लुम्बिनी संरक्षण शुल्कबापत तेस्रो मुलुकका नागरिकलाई प्रतिव्यक्ति दुई सय रुपैयाँको टिकट तय गरेको छ । फागुन २७ गते थाई पर्यटक मायादेवी मन्दिर प्रवेश गर्ने क्रममा टिकट जाँच गर्दा नक्कली भएको खुलेको हो । आजको अन्नपूर्ण पोस्टमा यो समाचार छ ।

समाचारमा भनिएको छ, कोषका कर्मचारी, टिकट जाँच गर्ने सुरक्षा निकायको मिलेमतोमा नक्कली टिकटबाट पर्यटक मायादेवी मन्दिरमा प्रवेश गर्दै आएको स्थानीयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।