0 COMMENTS

मिलन चाम्लीङ् २१फागुन०७४/ सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा पर्यटन,कृषि,सूचना प्रविधि,कला सस्कृती,शिक्षा तथा औद्योगिक ब्यापारीक प्रदर्शनी भन्ने मुल नारा को साथ प्रदेश नं १को सुनसरी जिल्लाको धरान स्थित पब्लिक मैदानमा फाल्गुन ११ गतेबाट प्रदेश नं १को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा सुरु भएको प्रादेशिक महोत्सव आज प्रदेश नं १ को सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यमा समापन भएको छ।

महोत्सवमा १४४ वटा स्टल प्रदर्शन तथा बिक्रीमा राखिएको थियो।१४४ वटा स्टल मध्ये पन्चकन्या हस्तकला उद्योगले उत्कृष्ट स्टलको पुरस्कार प्राप्त गरेको छन।महोत्सवमा मनोरञ्जनको लागि रोटे पिङ नाउ र्‍याफि्टङ लगायत स्थानीय तथा राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहेको थियो। भने आकर्षण केन्द्र बिन्दु महोत्सव भरी उंट रहेको थियो। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदीप भण्डारी यो महोत्सवले प्रदेश नं १मा बजार बिस्तार तथा पर्यटन भित्र्याउन टेवा पुग्ने र आउदो बर्ष पनि महोत्सव राख्न अनुरोध गर्दै प्रदेश नं १लाई समृद्ध प्रदेश बनाउन आफू सधैं लाग्ने कुरा उल्लेख गर्नु भयो।

महोत्सव समापन कार्यक्रममा विभिन्न संघसंस्थाका ब्यक्तीत्वहरू सहित चर्चित हास्यकलाकार,नायिका तथा निर्देशक दिपाश्री निरौला र छमछमी ३को उपविजेता मनिता राई पनि उपस्थित हुनुहुन्थ्यो ।समापन कार्यक्रममा बोल्दै महोत्सव संयोजक सुनसरी उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष बिजय श्रेष्ठले महोत्सवलाई सफल बनाउन भौतिक,आर्थिक तथा नैतिक सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै प्रादेशिक महोत्सव २०७४ समापन गर्नु भएको हो। बेलुका खेरी(हाल)चर्चित हाँस्य कलाकार,नायिका तथा निर्देशक दिपाश्री निरौला र छमछमी उपविजेता मनिता राइको प्रस्तुति सहित प्रादेशिक महोत्सव भब्यताकासाथ समापन भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।