0 COMMENTS

काठमाण्डाै१७फागुन०७४/ जयेन्द्र सरस्वती नामले चिनिने काँची कामाकोटी पिठका ६९ औं पिठाधिश शंकराचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी हिन्दू धार्मिक नेता हुन।

उनी मधुमेह रोगबाट पिडित थिए । उनको शवलाई काँची मठमा लगिएको छ र बिहीबार अन्त्येष्ठि गरिदैंछ । उनलाई गत महिना चेन्नई स्थित रामचन्द्र अस्पतालमा भर्ना गरिएको थियो । त्यसवेला भेन्टिलेटरमा राखेर उपचार गरिएका शंकराचार्यको स्वास्थ्य स्थिर भएपछि केही दिनमै डिस्चार्ज गरिएको थियो ।

गत नोभेम्बरमा शंकराचार्यले नयाँ दिल्लीको पनि भ्रमण गरेका थिए । सन् १९५४ मार्च २२ मा चन्द्रशेखरेन्द्र सरस्वती स्वामिङ्गलले शंकराचार्यको नामकरण गर्दै आफ्नो उत्तराधिकारी बनाएका थिए ।भारतीय प्रधामन्त्री नरेन्द्र मोदी लगायतले शंकराचार्यको निधनमा ट्वीटरमार्फत दुःख व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।