0 COMMENTS

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ )
घर परिवार तथा आफन्तहरुमा बिभिन्न समस्या देखा पर्नेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । प्रणय सम्बन्धमा सामान्य मनमुटाब सिर्जना हुनेछ । जग्गा सम्बन्धि बिवादमा फस्ने योग रहेकोछ भने आन्तरिक धन सम्पतिमा बिवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । पढ्ने लेख्ने काममा खासै मन जाने छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनका नाफा कमाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
उद्योग तथा उत्पादन मुलक व्यावसायमा लागानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानि हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । नाफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा )
सबैको सहयोग पाईने हुदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार बिचार सिर्जना गर्न सकिने हुदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो )
नया प्रबिधिको प्रयोग गरि रचनात्मक कार्य गर्न सकिनेछ । राजनितिकर्मि हरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । बिद्यार्थी वर्गहरुका लागि मेहनेत गरि अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा बिलाशिताका सर सामान प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखी बिछोड भएका मित्रहरु सँग भेट हुनाले दिन रमाईलो गरि बिताउन सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे )
खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुनेछ भने जीवन साथि सँग मनमुटाब बढ्नेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दि आउनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा )
घर परिवार तथा समाजमा तारिफयोग्य कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुसि हुनेछन् । नया प्रेम प्रस्ताब आउनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते )
राजनिति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाईनेछ । नया काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानि हुने हुदा आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुदा मन प्रशन्न हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू )
समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्तारको लागि समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरका लागि समयले साथ दिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाईनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनाबस्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै कामका लागि समय खर्चनु पर्ने हुदा आफ्नो काम थाति रहनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी )
बिभिन्न कारणले कामहरु रोकिन सक्छ ध्यान दिनुहो । व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा साझेदारि व्यावसायमा लगानि गर्नेहरुले ध्यान दिनुहोला साझेदार हरुबिच मनमुटाब सिर्जना हुनेछ । व्यावासायिक यात्रा हुने भएपनि बाटोमा दुख पाईने तथा अनाबस्यक ठाउमा खर्च हुनेछ । प्रेममा नचाहादा नचाहादै एक अर्काबिच छुट्टिनु पर्दा मन खिन्न हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुनै पनि प्रतिष्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरु सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारि कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानि हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची )
मेहनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोराछोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने जीवन साथिले तपाईको काममा सहयोग गर्ने हुदा समयमानै काम सकाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।