0 COMMENTS

काठमाडौँ ०९फागुन०७४/ चिलिमे जलविद्युत् कम्पनीको सहायक दुई कम्पनीको सिमित साधारण शेयर(आइपिओ) यही शुक्रबारदेखि बिक्री खुल्ला हुने भएको छ ।
चिलिमे कम्पनीका सहायक कम्पनी रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत् कम्पनीले यही शुक्रबार अर्थात फागुन ११ गतेदेखि साधारण शेयर बिक्री गर्न लागेको हो ।रसुवामा १११ मेगावाट क्षमताको रसुवागढी र ५७.३ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माणको क्रममा रहेका छन् ।

रसुवागढीले संचयकोषका संचयकर्ताका लागि रु १०० दरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर जारी गर्नेछ । संचयकर्ताले खरिद गर्ने सेयरबाट रु १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय उठाउने लक्ष्य छ ।यसैगरी, सान्जेन जलविद्युत् कम्पनीले सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ८७ करोड ६० लाख बराबरको ६८ लाख ६० हजार कित्ता सेयर बिक्री गर्न लागेको छ ।विसं २०६८ मंसिरमा कायम भई गत मंसिर २६ गतेसम्म बहाल कर्मचारीले रसुवागढी र साञ्जेनको सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

दुवै कम्पनीले निष्कासन गर्ने सेयर खरिद गर्न डिम्याट खाता नम्बर र सि आस्बा दर्ता नम्बर अनिवार्य गरिएको छ । सेयर खरिदकर्ताले सि–आस्बा प्रणाली लागु भएका बैंकबाट आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।