0 COMMENTS

काठमाण्डाै ९फागुन०७४/  प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको लेखेको छ । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको संख्या घटाउन लागिएको हो ।

सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद् कार्यालयलाई पठाएको प्रस्तावअनुसार प्रधानमन्त्री कार्यालयसहित १५ मन्त्रालय हुनेछन् । यसैको सेरोफोरोमा रहने गरी मन्त्रालय निर्धारण गर्ने तयारी भइरहेको प्रधानमन्त्रीनिकट नेताको हवाला दिँदै कान्तिपुरले समाचार लेखेको छ ।

नयाँ पत्रिकाले भने केन्द्रमा मन्त्रालय बढाएर १८ बनाउने तयारी गरिएको लेखेको छ । समाचारमा १५ मन्त्रालय राख्ने प्रस्ताव नै संशोधन गरेर मन्त्रिपरिषदबाट १८ बनाउन लागिएको उल्लेख छ ।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १८ मन्त्रालय रहने भएका छन्’, नयाँ पत्रिकाले लेखेको छ, ‘यसअघि सामान्य प्रशासन मन्त्रालयले १५ मन्त्रालय राख्न प्रस्ताव गरेको थियो । प्रस्ताव संशोधन गरिसकेको प्रधानमन्त्री कार्यालयले अब मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।