0 COMMENTS

भक्तपुर ८फागुन०७४/भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले हात पारेको छ ।

यही फागुन ३ गतेदेखि शुरुको उक्त प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा सूर्यविनायक नगरपालिकाले गोदावरी नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५,–२३ ले विजयी भएको सूर्यविनायक तेस्रो सेटमा भने २५–२३ को पराजय भोग्यो ।

त्यस्तै, खेलको अन्तिम सेटमा २५–१५ ले आफ्नो पक्षमा पार्दै सूर्यविनायकले उपाधि चुम्न सफल भयो ।त्यसैगरी, प्रतियोगितामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तेस्रो स्थान हासिल गर्न सफल भयो भने ललितपुर महानगरपालिका चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।प्रतियोगितामा उपाधिसहित सूर्यविनायकले रु एक लाख ५१ हजार पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रो स्थान हासिल गरेको गोदावरी नगरपालिकाले रु ७५ हजार, तेस्रो स्थान हासिल गर्ने तिलोत्तमा रु ३० हजार र चौथो हुने ललितपुरले रु २० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता नगरपालिकालाई प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टी सचिव प्रेम सुवालले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा २१ वटा नगरपालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।