0 COMMENTS

काठमाडौं७फागुन०७४/ सुगौली सन्धिको विषमया पटक पटक प्रश्न उठ्ने गरेको छ। सुगौली सन्धिमा नेपालले गर्नुपरेको हस्ताक्षरको विषय जोडेर धेरै बहस र छलफल भए पनि त्यसबारे कसैले खोजी गरेको छैन ।आजको राजधानी दैनिकमा खबर छ ।

तत्कालीन समयमा कतिवटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ? त्यो भने यकिन जानकारी बाहिर आएको छैन । तर, पक्ष राष्ट्रको हैसियतमा नेपालले पनि राखेको सो सन्धिको प्रति अहिले यत्रतत्र खोजीको विषय बनेको भए पनि भेट्टाउन नसकेको राष्ट्रिय अभिलेखालय बनताउँछ ।

यसको संरक्षणको जिम्मेवारी पाएको राष्ट्रिय अभिलेखालयले यसबारे खोजी भइरहेको बताउने गरेको छ । तर, उसले पनि न त कतै सुगौली सन्धिको प्रति पाउन सक्यो न त ऐनले दिएको अधिकार प्रयोग गरेर मुलुकबाहिर सो सन्धि खोज्न जान नै सक्यो ।यद्यपि, अहिले पनि अभिलेखालय सुगौली सन्धिको प्रति कसरी पाउने भनेर त्यसको खोजी जारी रहेको बताउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।