0 COMMENTS

अछाम,४ फागुन ०७४/बिकास निर्माणका सवालमा पारदर्शी र लोकतान्त्रीक पद्धती अनुरुप काम गर्न साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले आग्रह गर्नुभएको छ । आज अछामको साँफेबगरमा एफएमडिसीले आयोजना गरेको सुचनाको हक सम्बन्धी आटीआई किल्नीक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नगर प्रमुख कुँवरले कार्यक्रममा सहभागि जनप्रतिनीधिहरुलाई पारदर्शीक तरिकाले जनताको हितमा काम गर्न अनुरोध गर्नुभयो । सुचनाको हक संबिधानमा नै मौलिख हकको रुपमा आईसकेकाे बताउदै उहाँले सरोकारवाला निकाय जवाफदेहि र जनता जागरुक हुनुपर्ने उल्लेख गर्नुभयो । साफेबगर नगरपालिकाले गरेका सबै निणर्यहरु सार्वजनीक गर्ने गरेको उल्लेख गर्दै जनताको चाहना अनुरुप जनप्रतिनीधि संग जनता कार्यक्रम सुरु गरेको बताउनुभयो । कुनै पनि जनप्रतिनीधिले जनताको हित बिपरित वा बिकास निर्माणका सवालमा गलत तरिकाले काम गर्ने जनप्रतिनीधिहरुलाई कारर्वाही गर्ने चेतवानी समेत दिनुभयो ।

पारस्पारिक जवाफदेहिता परियोजनाका अभियान कर्ता तथा एफएमडिसिका सुचना अधिकारी निराजन परियारले कार्यक्रमको बारेमा सहभागिहरुलाई जानकारी दिनुभयो । उहाँले बिगतमा एफएमडिसीले गरेको सुचनाको हक सम्बन्धी र कार्यक्रमको उदेश्यबारे जानकारी दिनुभएको थियो । एफएमडिसीले स्थापना गरेको स्थानीय सभाका संयोजक शिब तिरुवाको अध्यक्षतामा भएको कार्यक्रममा चौरपाटी गाउपालिकाका उपप्रमुख माया कुँवर,साफेवगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बालगिरी कुँवर,५ का उर्जिरसिंह साउँद,७ का वडा अध्यक्ष मिठुसिंह भाँट,१२ का प्रकाश राना, १० का लालबहादुर खड्का, ३ का कुष्णा बुढा, एमालेका जिल्ला सचिवालय सदस्य शिलोज कुवर, एमालेका क्षेत्रिय सचिव ललित बहादुर कुँवर, नेपाल पत्रकार महाँसंघ अछामका पुर्व अध्यक्ष तथा प्रेस युनियनका केन्द्रिय सदस्य राम बहादुर कुँवर,प्रेस चौतारीका पुर्व अध्यक्ष पुष्पराज भट्ट लगाएत सरोकारवाला व्यक्तीहरुको सहभागिता रहेको थियो । बिहान १० बजेबाट सुरु भएको कार्यक्रम बेलुकी सम्म सञ्चालन भएको थियो । कार्यक्रमको सञ्चालन एफएमडिसी अछाम शाखाका कार्यक्रम अधिकृत गणेश तिरुवाले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई सुचनाको हकका बारेमा जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।