0 COMMENTS

काठमाडौँ, ४ फागुन ०७४/महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले रु १५१ देखि रु पाँच हजार १०० सम्म र गुठी संस्थानले रु ३५१ देखि रु एक हजार ७५१ सम्म दक्षिणा दिई शिवरात्रि मेला भर्न आएका साधुसन्तलाई बिदाई गरेको हो ।

संस्थानले सन्तलाई सात श्रेणीमा विभाजन गरेको थियो । दक्षिणाबापत रु १५ लाख वितरण गरिसकिएको संस्थानका उपप्रशासक एवं शिवरात्रि मेला समिति संयोजक दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिनुभयो ।

बाँकी केही साधुलाई शनिबार दक्षिणासहित बिदाई गर्ने तयारी गरिएको छ । बाँकी साधुलाई रु एक लाखसम्म दक्षिणास्वरुप दिनुपर्ने उहाँले बताउनुभयो । कोषले साधुसन्तलाई पाँच श्रेणीमा विभाजन गरी दक्षिणासहित बिदाई ग¥यो । साधुसन्तलाई मठले दिएको जिम्मेवारीका आधारमा संस्थानले टोकन दिएर श्रेणीको विभाजन गर्छ । लालमोहर पाएका नागाबाबालाई संस्थानले पहिलो श्रेणीमा राख्छ ।

पहेँलो बस्त्र लगाई दक्षिणासहित बिदाई समारोहमा उपस्थित भएका जुनसुकै साधुलाई पनि खाली हात नगरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो । कोषले पनि बिदाई गर्न बाँकी साधुलाई शनिबार पशुपति मन्दिरबाट बिदाई गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।