0 COMMENTS

कल्पना बाेहरा ,फागुन २ अछाम/‘स्थानीय उत्पादन, संस्कृति, तथा पर्यटन प्रर्वद्धनका लागि अछाम महोत्सव’ भन्ने मुल नाराका साथ साँफेबगरमा बुधबारबाट अछाम महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटनमा सम्बोधन गर्दै राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले अस्थिर राजनीतिक कारण नेपालमा विकासले गति लिन नसकेको बताउनुभयो । राजनीतिक द्धन्द्ध समाप्तसँगै अव विकास निर्माणको अभियान सुरुवात भएको पनि बताउनुभयो ।

उहाँले अछामको समृद्धिसँग जोडिएका    मध्यपहाडी राजमार्ग र सेती लोक मार्गको काममा ढिलाई गर्ने नहुने बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले नेपाली कांग्रेसले चुनाव सफलता रुपमा सम्पन्न गरी सत्ता हस्तान्तरण तयार रहेको भनाइ राख्नुभयो । अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटीले स्थानीय श्रोत पहिचान, संरक्षण, उपयोगमा केन्द्रीत रहेर जिल्लाको विकासमा संलग्न हुने बताउनुभयो । प्रतिनिधिसभा सदस्य बोगटीले नेता, जनप्रतिनिधि, कानुन व्यवसायी लगायतले कानुनको आफ्नो जस्तो व्याख्यामा नलागी देशको आर्थिक विकासमा जुट्न आग्रह गर्नुभयो ।

 अछाम–१ (ख) का प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले सुदूरपश्चिम प्राकृतिक श्रोत साधनको धनी रहेको भन्दै तत्काल प्रदेश सरकार बनाएर उद्योग, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने भनाइ राख्नुभयो । महोत्सव उद्घाटन समारोहमा मन्तव्य राख्ने अधिकांसले स्थानीय उद्योग, रोजगार र पर्यटन विकासमा जोड दिएका छन् । महोत्सव उद्घाटन समारोहलाई जिल्ला समन्वय समितिका संयोजक नरबहादुर बहादुर कुँवर, साँफेबगर नगर प्रुमख कुलबहादुर कुँवर, मंगलसेन नगर प्रमुख पदम वोहरा, नेकपा एमालेका सचिवालय सदस्य चन्द्र वोहरा, नेकपा माओवादीका महासमिति सदस्य राजन कुँवर, नेकपा माओवादी आयोजक समितिका सदस्य सुरत भूल, पूर्व साँफेबगर महोत्सवका संयोजक शिलोज कुँवर लगायतको अतिथिहरुले वोल्नुभएको थियो ।

उद्योग वाणिज्य संघका कार्वाहक अध्यक्ष महेन्द्र कडायतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रामबहादुर शाहीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य संघका महासचिव वमबहादुर रावलले राख्नुभएको थियो ।महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती रहने महोत्सव आयोजक संस्था उद्योग बाणिज्य संघका महासचिव बमबहादुर रावलले जानकारी दिनुभयो । उक्त महोत्सवमा झण्डै डेढ करोडको कारोबार हुने आयोजक संस्थाको अनुमान रहेको बताइएको छ । महोत्सव स्थलमा विभिन्न स्थानीय परिकार, सामग्रीहरु र जानकारीमुलक एकसय स्टल समेत स्थापना रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।