0 COMMENTS

काठमाडौं २फागुन०७४/ प्रधानमन्त्री शेरबहादुरले देउवाले राजीनामा दिनासाथ सरकारी निवास बालुवाटार छाड्ने भएका छन्।स्रोतले भन्यो ‘ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन् । त्यसैले उहाँले फागुन ५ गतेअघि नै बालुवाटार छाडिसक्नुहुन्छ।’

सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन् । प्रधानमन्त्री देउवाले आजै राजीनामा दिने तयारी गरेका छन् ।उनी गत असार ५ गते बिहान ५ः २२ बजे बालुवाटार प्रवेश गरेका थिए । २०७४ जेठ २३ गते ४०औं प्रधानमन्त्री बनेका उनी ज्योतिषीको सुझाव अनुसार नै ढिलोगरी बालुवाटार गएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।