0 COMMENTS

काठमाडौँ २,फागुन०७४/ नेपाल वायुसेवा निगमले खरिद गरेको दुईवटा वाई–१२ ई जहाज मंगलबार काठमाडौंमा अवतरण गरेको छ । यसअघि नेपाल भित्र्याएको चारवटा चिनियाँ जहाजको उडानमा वार्षिक करोडौं घाटा बेहोरिरहेको निगमले पुनः दुईवटा यस्तै जहाज ल्याएको छ ।

चारवटा जहाजका लागि कम्तीमा ८ जना क्याप्टेन आवश्यक भए पनि हाल निगमसँग ४ वटा वाई–१२ ई जहाजका लागि ३ जनामात्र क्याप्टेन छन् । जहाज सेड्युल उडानको लागि चार जहाजका लागि कम्तीमा पनि ८ जना क्याप्टेन चाहिन्छ । चिनियाँ जहाजको मुख्य समस्या नै जनशक्ति अभाव हुँदै आएको छ । निगमले भने तत्काल यस्तो समस्या देखिए पनि चाँडै जनशक्ति व्यवस्थापन हुने दाबी गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

“चीनबाट छिट्टै ३ जना क्याप्टेन ल्याउँदैछौं, त्यसपछि वाई–१२ ई ले राम्रो उडान गर्ने अपेक्षा छ,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । चिनियाँ पक्षले स्पेयर्स पार्ट्स र पाइलटको समस्या समाधान गर्ने प्रतिबद्धतापछि थप जहाज ल्याइएको कंसाकारले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।