0 COMMENTS

त्रिशूली, नुवाकोट, २९ माघ ०७४/ विभिन्न अपराधमा संलग्न भएर जिल्ला अदालतबाट मुद्दा फैसला भई कैद र जरिवाना भुक्तान नगरी फरार रहेकालाई पक्राउ गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयले एक महिनामा १०० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गत पुस २८ गतेदेखि यही माघ २८ गतेसम्म १०२ फरारलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदातलमा बुझाएको प्रहरी उपरीक्षक वसन्तबहादुर कँुवरले जानकारी दिनुभयो । प्रहरीलेसबैभन्दा कम रु १२ देखि सबैभन्दा बढी रु ३६ हजार २३० सम्म जरिवाना असुली गरेको छ भने कैद असुलतर्फ नौ दिनदेखि १० वर्षसम्म छ ।

साविक राउतबेंसी गाविस–८ का वीरबहादुर तामाङलाई गौवध अभियोग प्रमाणित भई रु १२ तथा थानसिङ–९ का रामचन्द्र थापालाई वन फँडानी मुद्दामा रु ३६ हजार २३० जरिवाना फैसला भएको थियो । तिनीहरु पक्राउ परेका छन् । यस्तै नौ दिन कैदको फैसला भएका ज्यान मुद्दामा दुईपीपलका हरिबहादुर नेपाल पक्राउ परेका छन् । मानव बेचबिखन मुद्दामा विसं २०४२ पुस ४ गते १० वर्ष कैद फैसला भएका पञ्चकन्या गाउँपालिका–४ आरुखर्कका भीमबहादुर तामाङलाई प्रहरीले आइतबार पक्राउ गरी कैद भुक्तानका लागि अदालत पठाएको छ ।

प्रहरीले सो अवधिमा ३० वर्ष १० महिना २८ दिन कैद र रु चार लाख २३ हजार ३२ पैसा जरिवाना असुल गराउन सफल भइएको जनाएको छ । अदालतबाट फैसला भई फरार भएकालाई पक्राउ गरी कानूनी दायरामा ल्याउने अभियानलाई अझै तीव्रता दिइने प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।