0 COMMENTS

काठमाण्डाै २६ माघ२०७४/ राजधानीको लाजिम्पाटस्थित ल्याण्डमार्क होटलमा युवतीमाथि भएको सामूहिक बलात्कार घटना मिलापत्रमा टुङ्ग्याउन खोज्ने प्रहरी अधिकृतमाथि कारबाही चलाइने भएको छ । घटनापछि महानगरीय प्रहरी परिसर टेकुले बनाएको छानविन समितिले प्रहीको मिलेमतो ठहर गर्दै त्यसमा संलग्न प्रहरीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

छानविन समितिले मिलापत्रमा महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी तीलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी सहायक निरीक्षक चन्द्र भण्डारीको प्रत्यक्ष संलग्नता देखिएको निष्कर्ष निकालेको हो । परिसरका एसपी रामदत्त जोशी नेतृत्वको छानविन समितिले फौजदारी दायित्व देखिएमा उनीहरु विरुद्ध समेत मुद्दा चलाउन सकिने प्रतिवेदन परिसर प्रमुख एसएसपी रविन्द्र धानुकलाई बुझाएको छ । मिलापत्रमा संलग्न डीएसपी भारतीलाई वृत्तबाट हटाइएको छ भने प्रहरी निरीक्षक ठकुरी र सई भण्डारीलाई गृहमन्त्रालयले निलम्बन गरीसकेको छ । गत माघ ७ गते प्रेमी शैलेस कार्कीसंग होटलमा गएकी युवतीलाई दीपक श्रेष्ठ, विकास गौतम र रवि पौडेलले सामूहिक बलात्कार गरेका थिए ।

घटनामा संलग्न चारै जना फरार छन् । परिसरद्धारा जारी विज्ञप्तिमा फरार रहेका उनीहरुको खोजी भईरहेको उल्लेख छ । यस्तै महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरीले प्रहरी उपरिक्षक पूर्णचन्द्र जोशीको नेतृत्वमा बनाएको अर्को छानविन समितिले भने प्रतिवेदन बुझाएको छैन । दुईवटै सममितिलाई आफ्नो तरीकाले छानविन गर्न भनिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।