0 COMMENTS

काठमाडौं२४माघ०७४/  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लगानीकर्ताले आवेदन दिएको सबै पैसाको सेयर पर्नेगरी जलविद्युत् आयोजनाहरु निर्माण अघि बढाएको बताएका छन्।

चिलिमे जलविद्युत् कम्पनी लिमिटेड सम्बद्ध रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण सेयरका विषयमा जानकारी दिन आयोजित कार्यक्रममा घिसिङले सबैको लगानीलाई समेट्ने खालका आयोजना निर्माण कार्य अघि बढाएको बताए।

उनले भने, ‘जनताले एक लाख रुपैयाँको सेयर आवेदन दिँदा १० कित्ता अर्थात् एक हजार रुपैयाँको मात्रै पाउने अवस्था छ। यस्तो अवस्थामा प्राधिकरणले एक लाख रुपैयाँकै सेयर पाउने गरी धेरै आयोजना अघि बढाएको छ।’

उनले चैत महिनाभित्रै तामाकोसी, मध्य भोटेकोसी लगायतका जलविद्युत् कम्पनीहरुको साधारण सेयर आउने बताए।

कार्यक्रममा रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइरालाले हालसम्म आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको बताए। उनले आयोजनाको पूर्वनिर्धारित लागतमा केही वृद्धि हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।