0 COMMENTS

काठमाडौँ, २४ माघ ०७४/ पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ ।

‘नेपाल प्रेस युनियनका सदस्य तथा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा मंगलबार प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ’–युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पृथ्वीनारायण क्याम्पस पोखराका विद्यार्थी बोधराज ढकालको बसले ठक्कर दिएर मृत्यु भएको विषयमा आक्रोशित विद्यार्थीले मंगलबार गरेको प्रदर्शनको समाचार संकलनमा गएका पत्रकार ढकाललाई परिचयपत्र देखाउदा देखाउदै एक्लो पारेर प्रहरीले कुटेको भन्दै युनियनले कडा शब्दमा निन्दा गरेको हो ।

युनियनले पत्रकार ढकालमाथि आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्दै उनको उपचारको उचित व्यवस्था गर्नुपर्ने, पत्रकारलाई निर्वाध ढंगले समाचार संकलन गर्ने वातावरण मिलाउदै त्यस्ता घटना नदोहो¥याउने प्रतिबद्धताका लागि नेपाल प्रहरी र सम्बन्धित सबैमा सचेत गराएको छ ।

युनियनले प्रहरीको कुटपिटबाट घाइते बन्नुभएका पत्रकार ढकालको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।