0 COMMENTS

काठमाडौँ२४माघ०७४/ ल्यान्डमार्क होटेलमा प्रेमीकै सहयोगमा भएको सामूहिक बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला राजधानीको अर्को होटेलमा बलात्कारको घटना भएको छ ।

त्यो घटना पनि प्रेमीकै सहयोगमा भएको प्रहरीले जनाएको छ । एक साताअघि सुन्धाराको एसियन होटेलमा भक्तपुर बस्ने एक युवतीको बलात्कार भएको हो । दृष्टि साप्ताहिकमा खबर छ ।

प्रेमीले एक हप्तासम्म होटेलमा राखेर आफूमाथि बलात्कार गरेको उजुरी युवतीले दिएकी छिन् । सोही आधारमा प्रहरीले अशोक गुप्ता नामक युवकलाई पक्राउ गरेको छ ।स्रोतका अनुसार युवतीको यौन शोषण गरेपछि गुप्ता भागेका थिए । बिहे गर्ने भनेर होटेलमा राखेकोमा पछि बिहे गर्न नसक्ने भन्दै युवक भागेका थिए ।त्यसपछि युवतीले प्रहरीमा उजुरी दिएर युवकलाई पक्राउ गराएकी हुन् ।

सुरुमा युवकले पैसा दिएर घटना मिलाउन खोजेका थिए । पछि युवतीले जाहेरी दिएकी हुन् । जाहेरी दिएपछि प्रहरीले तत्कालै दर्ता गरी गुप्तालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।