0 COMMENTS

कसैलाई पठाएको कुनै इमेल सन्देश, एसएमएस वा कुनै अन्तरङ्ग तस्वीर तपाईका लागि चिन्ताको विषय बन्न सक्दछ । किनभने फोनबाट यसलाई सधैंका लागि डिलिट गरिएपछि पनि वास्तवमा यो फोनमै लुकेर बसेको हुन्छ र कुनै पनि बेला तपाईको दुश्मनको हात लाग्न सक्दछ ।

तपाई आफ्नो कम्प्युटरबाट जब तपाई कुनै कुरा डिलिट गरिदिनुहुन्छ तब त्यो रिसाइकिल बिनमा गएर सेभ हुने गर्दछ । यसरी नै इमेलको इनबक्सबाट जब केही डिलिट गरिन्छ, त्यो पनि ट्रैशमा सेभ हुन्छ । यदि कम्प्युटर वा मेल बक्सबाट सधैंका लागि कुनै कुरा हटाउन चाहे त्यसलाई रिसाइकलि बिन र ट्रैसबाट पनि हटाउनु पर्दछ । त्यसपछि तपाई चयनसँग स्वास लिनु सक्नु हुन्छ । तर, वास्तविकता यो हो कि भलै फाइल, फोल्डर वा तस्वीर तपाईको नजरमा नदिखिएको होस । तर अब पनि कतै न कतै तपाईको कम्प्युटरमै हुन्छ । कम्प्युटर एक्सपर्ट सफ्वेयरको सहयोगबाट डिलिट भएको कुराहरु पुनः निकाल्न सक्दछन् । स्मार्टफोनले पनि विल्कुल यसरी नै काम गर्दछ । त्यसैले यसमा जम्मा भएका तपाईका सबै निजी जानकारी कहिले पनि त्यहाँबाट हट्दैन ।

सेल्फीदेखि सावधान

यही कुरा पुष्टि गर्नका लागि एन्टी भाइरस सफ्टवेयरसम्बन्धी प्रसिद्ध कम्पनी आभास्टले अनलाइन शपिङ वेभसाइट ईबेबाट बीस सेकेन्ड ह्यान्ड एन्ड्रोयड फोन किन्यो। बजारमा उपलव्ध सफ्टवेयरको सहयोगबाट चेक गणराज्यको यो कम्पनीले सबै फोनबाट डिलिट भएका कुरा खोलेर निकाल्यो । आभास्टका सीईओ क्रिस बेनहम भन्छन्–हाम्रो फोन अब कम्प्युटरको स्थान लिँदै गइरहेको छ। मानिसहरु फोनमै अनलाइन बैंकिङ्गको ऐप डाउनलोड गर्दछन् र हरेक त्यो काम जुन उनीहरु पहिला कम्प्युटरमा गर्दथmे अब फोनमै गरिरहेका छन् ।

आभास्ट कम्पनीका मोबाइल शाखाका अध्यक्ष जुड मैककालगनले जर्मन अनलाइन डायचे वेलेसँग आफूलाई उक्त फोनबाट ४० हजार तस्वीर प्राप्त भएको बताए । यसमध्ये करिब १ हजार अश्लील तस्वीर पनि सामेल थिए । मैककालगन भन्छन् कि मानिसहरु अन्तरङ्ग पलहरुमा आफ्नो तस्वीर लिने गर्दछन् र पछि त्यसलाई फोनबाट हटाएर सन्तुष्ट हुने गर्दछन् । ‘तर, यदि तपाईले कसैलाई फोन बेच्नु हुन्छ तब उसले कुनै विशेषज्ञकोमा गएर तपाईका सबै जानकारी निकाल्न सक्दछ ।’

एन्ड्रोयड सफ्टवेयरको गडबडी ?

फोन बेच्नुअघि मानिसहरु अक्सर ‘फ्याक्ट्री रिस्टोर सेडिङ्ग’मा जाने गर्दछन्, जुन एक्टिभेट गरेपछि फोनबाट सबै कुरा स्वतः आफै डिलिट हुन्छ र फोन पुनः त्यस्तै हुन्छ जस्तो किन्ने बेलामा थियो । आभास्टले जुन फोन किन्यो, त्यो सबै फ्याक्ट्री रिस्टोरमा थियो । गुगललाई जब यो कुरा थाहा भयो उसले अन्ठासन्ठा बयान जारी गर्दै उक्त सबै फोनमा एन्ड्रोयडको पूरानो सफ्टवेयर रहेको बतायो र विगत तीन वर्षमा गुगलले यो समस्या हल गरिसकेको छ । तर आभास्टको कुरा मान्ने हो भने अधिकांश एन्ड्रोयडको नयाँ सफ्टवेयर चलिरहेका थिए ।

यद्यपि केहीले यसलाई आभास्टको पब्लिसिटी स्टन्ट पनि मानिरहेका छन्, ताकि मानिसहरुमा आफ्नो फोन सुरक्षित राख्नका लागि आभास्ट सफ्टवेयर किन्न थालुन् । वास्तविकता जेसुकै होस तर जरुरी छ कि इन्टरनेटको यो क्रममा आफ्नो सुरक्षा स्वयमले गरियोस् र कुनै पनि हानीबाट बच्नका लागि आफ्नो फोन सोचविचार गरेर मात्र प्रयोग गरियोस । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।