0 COMMENTS

काठमाडौं२१माघ०७४/ नेपाल एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादी केन्द्रसँग पार्टी एकताका लागि आफ्नो पार्टी निकै विनम्र हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपालको २०औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उपाध्यक्ष गौतमले ठूलो पार्टी भएकाले धेरै जिम्मेवार हुनुका साथै माओवादीलाई धेरै दिनका लागि समेत एमाले तयार हुनुपर्ने बताए।

‘जनताको पछिल्लो अभिमतले समेत एमालेलाई बढी जिम्मेवार बनाएको छ’, एकता प्रक्रियाका सूत्रधार मानिएका गौतमले भने, ‘यस पटक दुर्घटना भएर पार्टी एकता भएन भने अझ ठूलो दुर्घटना हुनेछ। त्यसपछि उठ्न फेरि ज्यादै मिहिनेत गर्नुपर्ने हुनसक्छ।’

नेपालको वामपन्थी एकतालाई विश्वभरका राष्ट्रहरुले हेरिरहेको बताउँदै गौतमले पार्टी एकता भए शान्तिपूर्ण तरिकाबाट पुँजीवादलाई पराजित गरेर समाजवाद हुँदै साम्यवादसम्म पुग्नसक्ने प्रयोग नेपालमा सफल हुने बताए।

पार्टी एकता नभए एमालेको बढी आलोचना हुने बताउँदै उपाध्यक्ष गौतमले गम्भीर भएर एकता प्रक्रियामा लाग्न पार्टीभित्रका नेताहरुलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।