0 COMMENTS

काठमाडौँ २०माघ २०७४/ पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएका बेला ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ ।

तर त्यो गाडीमा शर्मा भने थिएनन् । शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार भएको प्रहरी स्रोतले जनाएको छ ।शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको छ । गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।

पूर्वगृहमन्त्री शर्मासँग दुईवटा गाडी छन् । एउटा गाडीमा जनार्दन आफै चढ्छन् भने खैरो रंगको स्यान्ट्रो गाडी परिवारका अरु सदस्यको लागि प्रयोग हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।