0 COMMENTS

बासुदेब सेढाई,११माघ०७४/ चलचित्र निर्माता संघ नेपालले  नवनियुक्त चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिंदै चलचित्र निर्माता संघ नेपालले बोर्डकी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ ।

जसमा उल्लेख गरिएका माग 

क) राष्ट्रिय चलचित्र निती कार्यान्वयन गर्नुपर्ने

ख) बक्स अफिस अबिलम्भ लागू गर्नु पर्ने र

ग) निर्माताले स्वतन्त्र रुपमा व्यापार गर्न पाउने अधिकार माथी अंकुश लाउने कुरा तुरुन्त बन्द गर्नुपर्ने ।

माग नवनियुक्त बोर्डकी अध्यक्ष समक्ष राखियो । जवाफमा अध्यक्ष निकिता पौडेलले आगामी बैशाख सम्म इ–टिकट सम्पूर्ण हलमा लागू गरिसक्ने, आउने आर्थिक मसान्त पछि बक्स अफिस लागू हुने र चलचित्र दर्ता गर्दा कुनै पनि संघ संस्थाको अब उप्रान्त सिफरिस नचाहिने प्रतिबद्धता जाहेर गर्नुभयो । संघका अध्यक्ष नवल खड्काको नेतृत्वमा लय सङग्रौला, उदय सुब्बा, किसान पोख्रोल, मनोज श्रेष्ठ, कृषा चौलागाईं, निरज ढकाल, निर्मल लामा, मदन कुमार इङनाम, िशवम् अधिकारी, किरण थापा, गुणराज श्रेष्ठ सहितको टोली बिकास बोर्डमा ज्ञापन पत्र बुझाउन गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।