0 COMMENTS

देश ब्यापी रुपमा भर्खरै सम्पन्न भयको चुनाब मा कमरेड बामदेब गौतम अप्रत्याशित रुपले बर्दिया बाट हार्नु भयो र खाता उल्टो भयो । यसबिसयमा निकै टीका टिप्पणी , बहस र समाचार बाहिर आय भने बिरलै बर्दिया जिल्ला मिडिया आउथ्यो भने एस पटक चर्चित पनि भयो । बिशेषत बर्दिया को बासगडी,कालिका ,भुरिगाउ र सदरमुकाम गुलरिया को बढी चर्चा भयो । त्यसमा केही पात्रहरु मिसाइय ती पात्रहरु हुन एमाले बाट दुई पटक सासद भैसकेका श्याम ढकाल , एमाले युवा नेता सुर्य थापा, नेकपा एमाले बर्दियाका अध्यक्ष हरि ज्ञावली ,बर्दिया का युवा नेता दामोदर अर्याल ,अर्का युवा नेता खड्क बहादुर खड्का(बागी उम्मेदवारी तर फिर्ता), नेकपा एमाले बासगडी नगरपालिका कमिटी अध्यक्ष अध्यक्ष सुन्दर ढकाल लगायत का नेताहरु को नाम छर्पस्ट भयो ।

अचम्म त के सम्म भयो भने जो दिन रात पार्टी भनेर मर्नै खोज्छ ,जसलाई पार्टी बाट कुनै पाउने आशा नराखी निर्धक्क सिपाही को भुमिका खेलेको छ , ध्रुब थापा जसलाई बर्दियालि युवा संघ ले मात्रै हैन युवा संघ नेपाल को सिङो टिम ले उहालाई चिन्छ हाल आयर माथि उल्लेखित पात्रहरु सङै मिसाइयो । काठमाडौ बसेर बर्दिया को राजनीति हाक्न खोज्ने केही निर्लज्ज, स्खलित मानसिकता का रोगिहरु ले विभिन्न मिडिया लाई राम्रै सङ रोजगार दिय। सामाजिक संजाल मा धेरै कुराहरु आय ,जहाँ जसले मन लाग्यो त्यस्तै बोले । विभिन्न हुने नहुने आरोप एक अर्का मा लगाइयो।नैतिकता नै फालेर केही साथीहरू निर्लज्ज नाङिय जहाँ समाज का हरेक ले ब्याक्ती ले नजरअन्दाज गरेको हुन्छ। धेर थोर मलाई बर्दिया को एमाले राजनीति र गुठबन्दि सम्बन्धमा थाहा छ। तर यसरी हराइ हाल्ने गरि गुटबन्दी मौलाएको मलाई थाहा रहेनछ। म अबुझ भैसकेछु बर्दियालि राजनीति दुई तीन बर्स को बिदेस बसाई ले मलाई धेरै कुरा त दियो तर आफ्नो भुगोल को बारेमा जान्न नसकेको ले राजनीतिक पीडा भैरह्यो । एस सम्बन्धि दुई तीन लेख लेखे तर मिडिया मा दिन सकिन कारण ,कारण हो तपाई, हामी,उ र अर्को भन्दा ,ठूलो पार्टी हो । हाम्रो विशाल सरचंना छ। मुलुक को सबैभन्दा ठूलो पार्टी ,सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी अनि तपाई हामी पार्टी भन्दा माथी उठेर कसरि बोल्ने ?

तर जसरी जसको नाम आइरह्यो त्यो खास फरक थियन किनकि यो राजनीति हो राजनीतिक खेलाडी को बर्दियामा मा कमि छैन।त्यो कमि लाई कसरी चिर्न पर्छ अब अगुवा युवा ले त्यस्को जिम्मेवारी लिने र पार्टी का किचड र दरिद्र मानसिकता भयका नालायक गुठेहरु को पत्तासाफ गराउनु को विकल्प छैन । तर कस्ले जिम्मेवारी लिने को होल टाइमर भयर हिड्ने ?
मैले मात्रै गर्ने वा उसले मात्रै गर्ने भन्ने सवाल पनि उठ्न सक्छ त्यस्को लाई युनिटी को बहुत ठूलो भुमिका हुन्छ । त्यसका लागि बर्दियामा नै काफी राम्रो जमात छ युवाहरु को जसलाई थोरै भरोसा साथ ,समर्थन दिने कोहि भयो भने गर्न सक्छन । त्यस्का लागि केहि ब्याक्तिहरु को नाम लिन चाहे । पहिलो युवा नेतृत्वबाट खड्क बहादुर खड्का,शालिकराम अधिकारी ,नैन बहदुर खत्री ,पहारी थारु,झपिन्द्र खत्री ,हरिस गौतम ,ध्रुब थापा ।
त्यसैगरी दोस्रो युवा नेतृत्व बाट जित बहादुर रोकाय,कृश्न आचार्य ,महेन्द्र पङेनी,बिमल घर्ती मगर,सुशील ज्ञावली,प्रणय ओलि,प्रदिप भन्डारी,शिव पौडेल ,सागर सेन,भिम ठकुरि (अन्य मैले छुटायको हुन सक्छु) ।लाई एउटा दरिलो पार्टी पख्ती बाट साथ समर्थन दियर नया पुस्ता जन्माउन बर्दियामा ठूलो आवश्यकता छ।
यी नाम लिइरहदा कहि कतै दाग नलागेको एक ब्याक्तित्व ध्रुब थापा को बारेमा केही शब्द जोड्न चाहे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको एउटा कम्युनिष्ट पार्टी हो। २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलव्धि र कमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (एमाले) लगाएत अन्य विभिन्न ससानादलहरूका रूपमा अस्तित्वमा रहेका छन्। यो नेपालको लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मूल प्रवाहको रूपमा स्थापित छ। सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ। यहि उदेश्य लाई आत्मसात् गर्दै हिडेको एक सिपाही हुन ध्रुब थापा ।
यस बिच बाट हिजो आज एउटा समाचार बर्दियामा मा नराम्रो सङ भाइरल भयो ।जो सोझो उसको मुखमा घोचो भने झै निर्लज्ज एउटा अन्लाईन मिडियाले युवा संघ नेपाल बर्दियाका अध्यक्ष ध्रुब थापा लाई उनको राजनीति इतिहासमै अन्कुस लाउने काम गर्यो । कसैले ध्रुब थापा माथी धावा बोल्न परै जाओस् सोच्न सम्म नसक्ने झुटको खेती गर्न खोज्यो अवस्य त्यसको हिसाब किताब त हामी गर्छौ नै। त्यो कसरी आयो भन्ने कुरा पनि प्रष्ट राख्न चाहन्छु । काठमाडौ बसेर बर्दियालि एमाले को राजनीतिक खोल ओडेका महान दुखी आत्माहरु को एक सिकार ध्रुब थापा हुन पर्यो । ती निर्लज्ज बर्दियालि जनता का लागि कृतिम जस्ता एमालेले भुगोल मा आयर ध्रुब थापा चिन्ने प्रयास गरून्। उनको २४ बर्से एमाले राजनीति मा कहि कतै मैले दाग भेटेको छैन,निस्वार्थ ,अटल, गतिसिल,चलायमान ध्रुब थापा को बारेमा त्यस्ता गतिबिहिन,स्वार्थि,यथास्थितिबादी र चाकडिबादिहरु एक दुई अन्लाईन मा भ्रम छर्दै मा उनको राजनीति सखाप पार्न कसैले खोजेको हो भने दिवा स्वप्न नदेख्न बिन्ती चडाउछु। सामान्या चियापान कार्यक्रम लाई लियर पार्टी का बरिस्ठ उपाध्यक्ष तथा बामपंथी एकता का रचयिता बामदेब गौतम लाई हराउने खेल मा ध्रुब थापा जस्ता चम्किला तारा जोडियर आउनु लाई अब ध्रुब पछि का हामिले के सोच्ने? आखिर डोरि त एउटा नै हो आज ध्रुब थापा ले तान्नु भयको छ भोलि म,उ वा अरु कोहि ले तान्न सक्छ । घामपानी नभनी दिन रात पसिना बगायको ती काठमाडौधारी एमाले ले देखे कि देखेनन?
कुन गल्ली बाटो बिगि्रएको छ?
कुन गाउँमा पानी पुग्दैन?
कहाँ सिचाई पुगेको छै ?
कहाँ जनता शीत मुनि बस्छ?
कर्णाली र बबई ले कहा बगायो?
धान कहाँ फल्छ?
बिजुली कहाँ पुगेको छैन?
कुन गाउँमा स्कुल छैन?
युवा जति बिदेश पलायन भय कहाँ जमिन बाझो छ?
काठमाडौधारी एमालेहरु ले यता तिर ध्यानाकर्षण गर। यी सबैको उत्तर चाहिय ध्रुब थापा सङ जाउ ।
कार्यक्रम को सेड्युल हेर्ने,कार्यक्रम उद्घाघाटन को तालिक बनाउने,बैठक को तालिका बनाउने र घाँटी का नसा बाउडिने गरि भासन गर्दैमा भुगोल को राजनीति गरेका सङ जिस्कन न आउ । २१औं शताब्दी हो बोल्न सबैलाई आउँछ अझ भनौ जनताको बहुदलीय जनबाद का सिपाही हौ भासण गर्न न आउने कुरै भयन । अन्तमा,
हेक्का होस ध्रुब थापा बर्दियालि युवाका ढुकढुकी हुन। कोहि कौडिभर मिडिया लाई बीस तीस हजार रुपैयाँ दियर उनी विरुद्ध समाचार र नपुसकता प्रदर्सन गरि उहाको राजनीति खस्कन्छ भन्ने कसैले सोच्छ भने त्यो दिवास्वप्न मात्रै हुनेछ।

लेखक
नेपाल खेलकुद महासङ् बर्दियाका पुर्ब सचिब तथा युवा संघ नेपाल बर्दिया क्षेत्र न १ का पुर्ब अध्यक्ष हुन।
हाल- प्रबासी नेपाली मन्च बहराइन का कार्यबाहक महासचिव हुन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।