0 COMMENTS

पोखरा, ३० पुस ०७४/ पोखरा लेखनाथ महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना एवं पतञ्जलि योग समिति नेपालको संयोजकत्वमा तीनदिने बृहत् योग शिविर सञ्चालन हुने भएको छ ।

तेस्रो राष्ट्रिय योग दिवसका अवसरमा माघ १ देखि ३ गतेसम्म सिमलचौरस्थित ह्वाइट हाउस पार्टी प्यालेसमा बिहान ६ः०० देखि ८ः०० बजेसम्म दुई घण्टा शिविर सञ्चालन गरिने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘सबैका लागि योग, सधैँका लागि योग’ भन्ने मूल नारासहित आयोजित शिविरमा लोकनाथ खनाल प्रमुख प्रशिक्षक रहनुहुने पोखरा लेखनाथ महानगरपालिकाका आयुर्वेद चिकित्सक डा ओमप्रकाश कलौनीले बताउनुभयो ।

योगले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने बताउँदै उहाँले योग र आयुर्वेदलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिन लागेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशिक्षक लोकनाथ खनालले नेपाललगायत विश्वका १७७ राष्ट्रको समर्थनमा योग दिवसले मान्यताप्राप्त गरेको जानकारी दिनुभयो । शिविरमा दैनिक ५०० भन्दाबढीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

पोखरा लेखनाथ महानगरपालिकाका निमित्त प्रशासकीय प्रमुख वसन्तराज सिग्देलले महानगरले योग र आयुर्वेदलाई सँगसँगै अगाडि बढाउने तयारीमा जुटेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।