0 COMMENTS

 बासुदेव सेढाइ,लमजुङ३०पुस०७४/  बेशिसहर नगरपालिका – ११ रामचाेकबेशिमा ज्ञान प्रवचन कार्यक्रम सम्पन्न भएको छ । लमजुङको बेशिसहर नगरपालिका – ८ मा रहेको ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालयकि प्रमुख संचालिका राधा दिदीले मानव जिवनकाे वास्तविकताकाे बारेमा जानकारी दिदै मानवभित्र रहेका खराब अाचरण त्याग गरेर सत्मार्गमा लाग्न अाग्रह गर्नुभयाे ।

काम,क्राेध,लाेभ,माेह र अहंकारकाे प्रबृत्तिले मानव मानव नभएर दानव बनेको भन्दै ई पाँच बिकार मानिसले त्याग्नै पर्ने बताउनुभयाे । संसारमा धार्मिक बिभाजनले मनमुटाव खडा गरिरहेकाे अवस्थामा उहाँले परमपिता परमात्मा ज्याेति स्वरुप शिव मात्रै भगवान भयकाेले हिन्दु ,बाैद्ध , इसाई , मुश्लिम धर्म जे भनेपनि ई परमात्मा प्राप्तिको लागि खाेजियका बाटो मात्रै भयकाेले सबैकाे उद्देश्य एउटै र खाेजियकाे पनि एउटै परमात्मा भयकाेले बुझाईमा फरक पर्न गयकाेले मनमुटाव उत्पन्न भयकाे हाे भन्नुभयो ।

ब्यक्ति शान्ति ,घरपरिवार शान्ति ,समाज शान्ति ,देश शान्ति र बिश्व शान्ति काे लागि मानवमा वास्तविक ज्ञान अावस्यक भयकाे छ । भाैतिक बस्तु र भाैतिक शरिरकाे घमण्ड छाेडेर मानवहरु अाध्यात्मिक चिन्तनमा लागे मात्रै समाजमा शान्ति हुने उहाँको तर्क थियो । संसारमै बढिरहेको हिंसा हत्या अातंक लुटपाट ठगि चाेरि बढिरहेकोले यसकाे समाधानको लागिपनि अाध्यत्मिक चिन्तन अावस्यक रहेको भन्दै उहाँले संसारका सबै मानव भाइ भाइ भयकाेले बैमनस्यता उत्पन्न हुन नहुने मा जाेड दिनुभयो । कार्यक्रममा रामचाेकबेसिका स्थानीयहरुकाे उल्लेख्य सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।