0 COMMENTS

काठमाडौं २७ पुस २०७४/नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले शुक्रबार सामूहिक राजीनामा दिने भएका छन् ।

अहिले विना विभागीयको हैसियतमा रहेका माओवादी केन्द्रका ९ मन्त्री र ७ जना राज्यमन्त्रीले शुक्रबार राजीनामा दिने भएका हुन ।

‘आज बिदाको दिन भएकाले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएनौं, भोलि दिने सम्भावना रहेको छ’ विनाविभागीय मन्त्री गिरिराजमणि पोख्रेलले उज्यालोसँग भन्नुभयो, ‘सरकारले चुनाव नगर्ला कि भन्ने शंका रहेर विना विभागीय हुँदाहुँदै पनि आजसम्म सरकारमा बस्यौं तर शुक्रबार भने हामी बाहिरिन्छौं ।’

नेकपा माओवादी केन्द्रले प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावको लागि एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ गते माओवादीका सबै मन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।