0 COMMENTS

Paras-काठमाडौँ,  १७असोज /क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पारस खड्का भएको लिखितरुपमै प्रष्ट पारेको छ । पारस खड्कालाई कप्तानबाट हटाइएको भन्ने समाचार सार्वजनिक भएपछि क्यानले खड्कालाई यस्तो पत्र दिएको हो ।

खड्काले आइतबार पत्रकार सम्मेलन गर्दै क्यानले लिखित पत्र दिएको खुलाएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै खड्काले क्यानका पदाधिकारीलाई उद्धृत गर्दै आएको समाचारले परिवार र समर्थकलाई तनाव दिएको बताए ।

‘समाचार सार्वजनिक भएपछि म कप्तान हुँ कि होइन भनेर लिखित पत्र मागेको थिएँ’, खड्काले भने,‘क्यानले म नै कप्तान हो भनेर लिखित पत्र दिएको छ ।’ उनले आफूले अनुशासनहीन काम गरेकाले कप्तानबाट हटाइएको भन्दै सार्वजनिक भएको गलत समाचारले आफू दुखित भएको बताए ।

‘म क्यानमा अनुबन्धित खेलाडी हुँ’, खड्काले भने,‘क्यानले हटाउँछ भने मेरो भन्नु केही छैन ।’ उनले आफूले कहिल्यै कसैलाई व्यक्तिगत आक्षेप नलगाएको दाबी गरे । ‘म आउटस्पोकन छु तर कसैलाई व्यक्तिगत आक्षेप लगाएको छैन’, खड्काले भने,‘क्रिकेटको विकासको लागि आवाज उठाएको हुँ ।’

उनले आफूलाई अनुशासनहीन काम गरेको भन्दै कप्तानबाट हटाइएको समाचार आउनु आफ्नो खेलप्रतिको इमान्दारीतामा प्रहार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।