0 COMMENTS

 बासुदेब सेढाई – पुस १९ लमजुङ/ बेसीशहर जिल्लाकै सर्वाधिक रासिकाे २६ अाैं त्रिवेणी कप बेसीशहर युथ साेसाईटि शेराले जितेको छ ।

अाज भएकाे अायाेजक त्रिवेणी युवा क्लब बेसीशहर र बेसीशहर युथ साेसाईटि शेरा बिच भयकाे फाइनल खेलमा बेसीशहर युथ साेसाईटि ले ट्राईबेकरमा २ का बिरुद्ध ३ गाेलले पराजित गर्दै त्रिवेणी कप जित्न सफल भयकाे हाे निर्धारित समयमा कुनै गाेल हुन नसकेपछि ट्राईबेकरमा जानुपरेको थियोे।

बेसिशहरकाे सहजी खेलमैदानमा पुस १२ गते सुरु भएको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस १९ गतेसम्म चलेको थियाे खेलमा २३ राष्ट्रिय स्तरका टिमको सहभागीता थियाे जितसंगै पहिलो बिजेता टिमले नगद ३ लाख त्रिवेणी कप र स्वर्णपदक प्राप्त गर्न सफल भएकाे छ । दाेस्राे हुन सफल अायाेजक त्रिवेणी युवा क्लब बेसीशहरले रु १ लाख पचास हजार रजत पदक र प्रमाणपत्र प्राप्त गरेकाे छ सेमिफाइनल का खेलमा अायाेजक त्रिवेणी युवा क्लबले सुन्दर बजार युवा क्लब लाई र बेसीशहर युथ साेसाईटि सेराले घनपाेखरा युवा क्लबलाई पराजित गरेर फाईनलकाे यात्रा तय गरेका थिय ।

विगत वर्षमा १ लाख ५० हजार रासिरहेकाे उक्त प्रतियोगिता रजतजयन्ती संगै ३ लाख पुर्याईयकाे छ त्यसैगरी सेमिफाइनलका उपविजेता २ टिमले ५०/५० हजार प्राप्त गरेका छन् । सर्वाधिक गाेलकर्ता र सर्वाेत्कृष्ट खेलाडीले नगद १५ हजार पाउन सफल भएभने अनुसासित टिमलाई १० हजार सहित पदक र प्रमाणपत्रले सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।