0 COMMENTS

काठमाडौँ१६पुस०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सरकारमा बसिरहन कुनै रहर नभएको बताउनुभएको छ । शनिबार टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चाँडै सरकार छाड्ने बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।

टुँडिखेलमा आयोजित कार्यक्रममा सङ्क्षिप्त सम्बोधन गर्दै उहाँले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि राजनीतिक गतिरोध तोडिएको बताउनुभयो । उहाँले अध्यादेश जारी गरेकोमा राष्ट्रपतिलाई धन्यवाद पनि दिनुभयो ।

विभिन्न आन्दोलनको नेतृत्व गरेको काँग्रेसप्रति शङ्का नगर्न पनि उहाँले आग्रह गर्नुभयो । ‘काँग्रेसले २००७ सालको क्रान्तिदेखि २०६२ र ६३ को जनआन्दोलनसम्मको नेतृत्व गरेको इतिहास छ’, देउवाले भन्नुभयो, ‘हामी संविधान कार्यन्वयप्रति प्रतिबद्ध छौँ । त्यसै क्रममा निर्वाचन सम्पन्न भयो । यसमा धन्यवाद दिनुपर्नेमा अनेक शङ्का गर्ने रु’ उहाँले एमाले र माओवादी पार्टीलाई अनेक शङ्का नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।