0 COMMENTS

काठमाडौं, १४पुस ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ताइवानबाट आयात हुने सबैभन्दा महँगो च्याउको तरकारी खाने गरेको आरोप लागेको छ ।

गुजरात विधान सभाको निर्वाचनका बेला पिछडा वर्गका समुदायका तर्फबाट उम्मेदवारी दिएका अल्पेश ठाकुरले मोदीले प्रत्येक दिन भारतीय रुपियाँ चार लाख बराबरको च्याउको तरकारी खानेगरेको आरोप लगाएका हुन् ।

नरेन्द्र मोदीका लागि ताइवानबाट मासिक रुपमा भारतीय रुपियाँ १ करोड २० लाख रुपैयाँ बराबरको महँगो च्याउ आयात गर्ने गरेको ठाकुर बताउछन् । उनले भनेका भने, ‘नरेन्द्र मोदीले आजकाल गुजराती खाना खान छाडिदिएका छन् । उनले आजकाल च्याउ खान सुरु गरेका छन् ।’नरेन्द्र मोदीले भन्ने गरेको ‘ना खाता हुँ नाखाने देता हुँ’ भन्ने भनाइलाई च्याउको महँगो तरकारीसँग ठाकुरले जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।