0 COMMENTS

काठमाडौं १४पुस०७४ /सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा। तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार डा. गिरीलाई उपचारका लागि २५ लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। सरकारको यो निर्णयलाई गोप्य राखिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार डा. गिरीलाई २५ लाख दिने उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाको प्रस्ताव बैठकले स्वीकृत गरेको हो। यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारकै पालामा डा। गिरीले उपचारका लागि आर्थिक सहायता माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए। यसैगरी मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा सयभन्दा बढीलाई आर्थिक सहायता दिने निर्णय गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।