0 COMMENTS

काठमाडौं१२पुस०७४/ निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’का अभिनेत्री बीना थापाको सडक दुर्घटनामा परि निधन भएको छ । राजधानीको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीनाको निधन भएको हो ।

गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केही फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् ।

बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बीना थापा सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसपश्वात उपचारको लागी विर अस्पताल पुर्याइएको थियो ।

उपचारको क्रममा नै उनको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रममा पनि उनले प्रस्तुती दिइसकेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।