0 COMMENTS

काठमाण्डौ ११ पुस०७४/राष्ट्रिय जनता पार्टी नेपाल( राजपा)ले आगामी सरकारको नेतृत्वका लागि माओवादी केन्द्रलाई सघाउन तयार रहेको बताएको छ । बामगठबन्धनको सरकार गठनका लागि देखिएको विवादकाबीच राजपाले आगामी प्रधानमन्त्रीका लागि पुष्पकमल दाहाललाई साथ दिने संकेत गरेको हो ।

वामपन्थी गठबन्धनभित्र किचलो बढिरहेको र नेपाली कांग्रेसले दाहाललाई प्रधानमन्त्री बन्न आग्रह गरेको भन्ने समाचारका माझ राजपाका नेताहरुले दाहाललाई सहयोग गर्ने बताएका छन् । पार्टी एकीकरण गर्ने लक्ष्यका साथ गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रका नेताबाट शक्ति बाँडफाँटबारे फरक-फरक मत आइरहेका बेला भावी सरकार गठनबारे अन्योल बढेको देखिन्छ । तर एमाले बाहेकको सरकारको नेतृत्व गर्न दाहाल तयार भएमा कांग्रेससँगै तराई केन्द्रित दलहरुको पनि समर्थन अनिवार्य हुनेछ । राजपा अध्यक्ष मण्डलका एकजना सदस्य अनिल झाले दाहाल तुलनात्मक रुपमा अन्य नेताहरु भन्दा आफ्ना माग प्रति लचक रहेको बताउनुभयो । दाहाल प्रधानमन्त्री हुन राजपाका साथै संघीय समाजवादी फोरमको पनि सहयोग अनिवार्य हुन्छ । यद्धपि संघीय फोरमले बाम गठबन्धनकै सरकार बन्नुपर्नेमा जोड दिएको छ । यता माओवादी केन्द्रले समेत बाहिरको समर्थनमा अध्यक्ष दाहालको नेतृत्वमा सरकार गठन नहुने प्रष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।