0 COMMENTS

blatarकाठमाडौं, असोज १६ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष सेप ब्लाटरले तत्काल पदबाट राजीनामा नदिने बताएका छन् ।

आफूले अहिले पद छाड्दा फिफाको हित नहुने तथा फिफा सुधारको प्रक्रियामा पनि आफ्नो राजीनामाले कुनै मद्दत नगर्ने भन्दै ब्लाटरले पद नछाड्ने बताएका हुन् ।

पछिल्लो समय स्विस अधिकारीहरुले भ्रष्टचारको अभियोगमा ब्लाटरबिरुद्ध अनुसन्धान सुरु गरेपछि फिफाका प्रमुख प्रायोजक कम्पनीहरुले फिफाको हितका लागी ब्लाटरले पद छाड्नुपर्ने दबाब दिँदै आएका छन् ।प्रमुख प्रायोजक मध्यको एक कोका–कोलाले विज्ञप्ति जारी गर्दै दिनानुदिन फिफाको साख घटिरहेको भन्दै ब्लाटरले पद छाड्नु पर्ने बताएको छ ।

कोका–कोलालाई साथ दिँदै अन्य प्रायोजकहरुले पनि ब्लाटरले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।तर ब्लाटरले बिज्ञप्ति जारी गर्दै आफूले भ्रष्टाचार नगरेको र आफ्नो राजीनामाले फिफाको समस्या सामधान नगर्ने भन्दै पद नछाड्ने अडान लिएका छन् ।

अघिल्लो हप्ता स्विटजरल्याण्डको महान्यायाधिवक्ताको कार्यालयले भ्रष्टाचारजन्य कसुरको अभियोगमा ब्लाटर बिरुद्ध कारबाही थालिएको जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।