0 COMMENTS

काठमाडौं ७, पुस०७४/ राष्ट्रिय जनता पार्टी (राजपा)ले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित आफ्ना सांसद रेशमलाल चौधरीलाई तत्काल विजेताको प्रमाणपत्र नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

पार्टी उपाध्यक्ष वृषेशचन्द्र लालले शुक्रबार काठमाडौंमा भने, ‘रेशम चौधरीलाई निर्वाचन आयोगले अन्याय गर्दैछ, विभेदकारी व्यबहार गर्दैछ, हामी निर्वाचन आयोगलाई सचेत गराउन चाहन्छौँ, तत्काल रेशमको प्रमाणपत्र वारिसमार्फत प्रदान गरोस्, होईन भने निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्नेछ, र आन्दोलन हुनेछ ।’

प्रचार–प्रसार समिति टिकापुर क्षेत्र नम्बर १ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले छानविन आयोगले सरकारलाई मधेशमा भएका घटनाबारे छानविन गरेर बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।